🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने ट्रम्पको घोषणा

वासिंगटन डिसी, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब राजधानी वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने घोषणा गरेका छन् । अमेरिकन राजधानीको बिग्रँदै गएको शान्ति सुरक्षाको अवस्थालाई पुनः सन्तुलनमा ल्याउने उनको उद्देश्य रहेको बताएका छन् । 

सोमबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले राजधानीमा ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्ट’ को धारा ७४० लागू गरेको बताएका छन् । यसको मतलब डीसी महानगरीय प्रहरी अब प्रत्यक्ष संघीय नियन्त्रणमा सञ्चालन हुनेछ ।

ट्रम्पले ह्वाइट हाउसमा भने, ‘हाम्रो राजधानीलाई हिंसात्मक गिरोह र अपराधीहरूले घेरेको छ, सन् २०२४ मा हिंसात्मक अपराध ३० वर्षकै न्यून पुग्यो । हामी नेशनल गार्डको सहयोगमा कानून र व्यवस्थालाई पुनर्स्थापित गर्नेछौं ।’ यो वर्ष वासिङ्टन डिसीमा ९८ जनाको हत्या भएको छ भने विभिन्न जातीय द्वन्द्वका कारण ३ हजार ७ सय ८२ जना घरबारविहीनसमेत भएका छन् ।

राष्ट्रपति ट्रम्पले आफूले सन् १९७० को ‘होम रुल’ ऐन प्रयोग गरेको बताए । यसले राष्ट्रपतिलाई आपतकालीन अवस्थामा ४८ घण्टासम्म सहर प्रहरीलाई नियन्त्रणमा लिन अधिकार दिएको छ ।

कानुनअनुसार राष्ट्रपतिले वासिङ्टन डिसीसँग सम्बन्धित कानुन बनाउने संसदीय समितिका अध्यक्ष र सदस्यलाई जानकारी दिएमा लामो समयसम्म प्रहरी नियन्त्रण कायम गर्न सकिने व्यवस्था छ ।

यद्यपि ट्रम्पले यो औपचारिक जानकारी दिएका छन् वा छैनन् भन्ने अझै स्पष्ट भएको छैन । नियमअनुसार ३० दिनभन्दा बढी समयसम्म सहरको नियन्त्रण कायम राख्ने हो भने संसदबाट कानुन पास गर्नुपर्ने हुन्छ । ट्रम्पले ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन प्रमुख टेरी कोललाई मेट्रोपोलिटन पुलिस प्रमुखको रूपमा नियुक्त गर्ने घोषणा गरेका छन्। हाल यो अस्थायी पद हो ।

ट्रम्पले कोलको प्रशंसा गर्दै भने कि उनी देशका उत्कृष्ट अधिकारीहरूमध्ये एक हुन्। उनले विभागलाई कडाइका साथ सञ्चालन गर्न कोललाई निर्देशनसमेत दिएका छन् ।  हाल, वाशिंगटन डीसीको मेट्रोपोलिटन पुलिसको प्रमुख एमिटिभस जोनसन हुनुहुन्छ ।