🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फिल्म ‘तिम्रो मेरो कथा’को प्रिमियर शो, हल हाउसफुल

पथरी । पूर्वकै टिमले सीमित स्रोत साधनमा निर्माण गरेको नेपाली ‘चलचित्र तिम्रो मेरो कथा’को विराटचोकमा प्रिमियर शो गरिएको छ । शनिबार विराटचोकस्थित 'विराट सिनेमा''मा गरिएको प्रिमियर शोमा हल हाउसफुल भएको थियो ।

मोरङका विभिन्न भू-भागमा सुटिङ गरिएको यस फिल्मलाई अनिश घिमिरेले निर्माण गरेका हुन् । चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रेम तथा विछोडको कथामा बनेको उक्त फिल्ममा केही उत्कृष्ट एक्सनका दृश्यहरू समेत रहेका छन्, जसलाई दर्शकले मन पराएका छन् । कलाकारको अभिनयलाई पनि दर्शकले तारिफ गरेका छन् ।

चलचित्रलाई विराटनगर,पथरी,दमकका साथै पूर्वका विभिन्न हलहरूमा च्यारिटी शोमार्फत लैजाने तयारी रहेको फिल्मका निर्माता तथा निर्देशक अनिश घिमिरेले बताए ।