🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वमन्त्री ओझाका छोरा विप्लव ओझाको भीरबाट लडेर निधन

काठमाडौं, साउन २५ गते । पूर्व मन्त्री देवी ओझाका छोरा विप्लव ओझा(४४)काे बडीमालिका दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेर निधन भएकाे खबर छ । विप्लव ओझा साउन २२ गते बिहीबार विहान श्रीमती रिता ओझाको साथमा बडीमालिका दर्शन गरी फर्किंदै गर्दा भीरबाट लडेका थिए।

घटनास्थल दुर्गम भएकाले तत्काल उद्धार गर्न समस्या परेको थियो। फोन सम्पर्क समेत कठिन रहेको उक्त स्थानबाट विप्लव ओझालाई उद्धार गर्न नेपाली सेना र अन्य सुरक्षा निकायहरूले सक्रियता देखाए। चार दिनसम्म उद्धार कार्य चलेपछि साउन २५ गते उनकाे शव चार दिनपछि बल्लतल्ल खाेंचबाट निकालिएको छ।

सुरक्षा स्रोतका अनुसार, माैसम अत्यन्त खराब रहेकाे र विप्लव ओझा लडेको स्थान अत्यन्त खतरनाक भिर भएको  र त्यहाँबाट उद्धार गर्न कठिन भएकाे थियाे ।  हेलिकोप्टरबाट उद्धारका लागि उडान भर्नु परेको छ ।

नेपाली सेनाले पनि सेटमार्फत उद्धार सम्बन्धी सूचना पाएपछि हेलिकोप्टरको व्यवस्था गरेको थियो। तर,  खराब माैसमले गर्दा सेनाकाे हेलिकाेप्टर पुग्न समेत कठिन भएकाे स्राेत बताउछ ।  स्थानीयवासी, सेना र  सुरक्षा निकायका कर्मचारीहरूबीच उद्धारका लागि निकै कडा पर्यत्न भए पनि विप्लव ओझाको उद्धारमा ढिलाइ हुनु दुःखद घटना भएको बताइएको छ।

परिवारजन तथा समाजमा विप्लव ओझाको निधनले गहिरो शोक व्याप्त भएको छ। उनको पार्थिव शरीरलाई उचित व्यवस्थापनका लागि  साउन २५ गते विहान नेपाली सेनाकाे हेलिकाेप्टर त्यसतर्फ प्रस्थान गरेकाे स्राेत बताउछ । 

यो घटनाले पहाडी तथा दुर्गम क्षेत्रमा सुरक्षा तथा उद्धार संरचनामा सुधार आवश्यक रहेको पुनः एकपटक प्रमाणित गरेको छ।