🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कल्याणपुर नगरप्रमुख साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा, २३ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साहविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नगरप्रमुख साहले नगरपालिका–६ अन्तर्गत नाला निर्माण योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको पुष्टि भएको छ । अख्तियारको बर्दिबासबाट खटिएको टोलीले साहलाई गत असार ३२ गते घुस रकमसहित रङ्गेहात पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा सेवाग्राहीबाट भुक्तानी प्रयोजनका लागि लिएको भनिएको रु एक लाख घुसबापतको रकम कार्यालय परिसरमै लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको उल्लेख छ । 

आयोगले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप मुद्दा दायर गर्दै रु एक लाख बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको छ ।