🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बागमती मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा

बाग्मती, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिनुभएको छ । आज हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले राजीनामा दिनुभएको हो । 

पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन आज साँझ हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किनुभएको छ । भोलि प्रदेश प्रमुख हेटौँडा आएपछि उहाँलाई नै राजीनामा पत्र बुझाउने मुख्यमन्त्री लामाले जानकारी दिनुभयो ।  

यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिनुभएको हो । 

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पार्टीभित्रको बृहत् छलफलपश्चात् राजनीतिक मूल्य, मान्यता स्थापित गर्न उचित ठानेर पार्टी सभापतिले आपसी समझदारीमा सरकार सञ्चालन गर्नेगरी मार्ग प्रशस्त गर्न गर्नुभएकाले आफूले राजीनामा दिन लागेको बताउनुभयो । उहाँले नवनिर्वाचित पार्टी संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मुख्यमन्त्रीका रुपमा आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री लामाले तहगत सरकार र प्रदेशसभामा प्रतिनिधत्व गर्ने सबै दलसँग प्रभावकारी समन्वयमार्फत प्रदेशवासीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशातर्फ सरकार उन्मुख रहेको उल्लेख गर्नुभयो । गत वर्षको बाढी र पहिरोबाट सिर्जित विपद्को सामना र पुनर्निर्माणमा सीमित स्रोत र साधनको बाबजुद प्रदेशको बलियो उपस्थिति जनाएको उहाँको जिकिर थियो । 

आफूले इमान्दारितापूर्वक काम गरे पनि प्रदेश सरकार अचानक ढाल्ने प्रपञ्चले स्थिरता र स्थायित्वको प्रतिबद्धतामाथि प्रश्न उठेका मुख्यमन्त्री लामाको भनाइ छ । “यस्तै षडयन्त्र र प्रपञ्च परम्पराका रूपमा स्थापित भएमा र अन्य प्रदेशमा पनि यस्ता कार्य सुरु भएमा देश कता जान्छ ? यो घटनाले गम्भीर प्रश्न मात्रै होइन लोकतान्त्रिक गणतन्त्रमाथि नै खतराको आशङ्का जन्माएको छ”, उहाँले भन्नुभयो,“संविधानले त मलाई मुख्यमन्त्रीमा अझै सुरक्षित नै गरेको थियो, तर पार्टीभित्रको बृहत्तर छलफलपश्चात् विधि, पद्धति मूल्य र मान्यता स्थापित गर्नु उचित ठानेर र पार्टी सभापतिको आग्रहमा मार्ग प्रशस्त गर्न मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको हुँ ।”