🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुबै

काठमाडौ, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ ।

सोमबार साँझ निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल सस्तो भएको छ भने डिजल र मट्टितेलको मूल्य बढेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएर १५९ रुपैयाँ कायम गरिएको छ । तर, डिजल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढाइएको छ, जसअनुसार अब दुवैको मूल्य प्रतिलिटर १५० रुपैयाँ हुनेछ । यही मूल्य समायोजन आज राति १२ बजेदेखि लागू हुनेछ ।

हवाई इन्धनको मूल्य पनि परिवर्तन गरिएको छ। आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १२८ रुपैयाँ पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धनको मूल्य अमेरिकी डलर २१ ले वृद्धि गरी प्रति किलो लिटर १.०७७ डलर निर्धारण गरिएको छ ।

निगमले नयाँ खरिद मूल्यको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ । अहिलेको दरमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँभन्दा बढी घाटा रहेको निगमको भनाइ छ, भने डिजल र मट्टितेलमा केही नाफा देखिएको छ । मूल्य निर्धारणमा औसत खरिद मूल्य, भन्सार शुल्क, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजार दरलाई प्रमुख आधार बनाइएको हो ।

एलपी ग्यासको मूल्य भने यसपटक परिवर्तन गरिएको छैन । एक सिलिन्डर ग्यासको मूल्य पहिलेझैं १८०० रुपैयाँमै स्थिर राखिएको छ ।

पेट्रोल सस्तो हुँदा केही उपभोक्ता राहत महसुस गरिरहेका छन् । तर डिजल र मट्टितेल महँगिएपछि दैनिक उपभोग्य वस्तुको भाउ बढ्न सक्ने भन्दै चिन्ता पनि देखिएको छ । नयाँ मूल्य अनुसार देशभरका सबै डिपो र बिक्री केन्द्रबाट इन्धन वितरण गरिनेछ ।