🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ

काठमाडौँ : टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्नेभएको छ ।

    आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ । चलचित्रका निर्देशक एवं हास्यकलाकार घिमिरेले आम मानिसको भोगाइलाई चलचित्रमा देखाइने बताउनुभयो ।

 
    उहाँले भन्नुभयो, “एउटा घरपरिवारमा भइरहने घटनाक्रमलाई समेटेर चलचित्र तयार गर्दैछौँ ।   आफ्ना अग्रज एवं समकक्षीसँग मिलेर पहिलो चलचित्र बनाउँदै छु, हामीले देखिरहेका र सुनिरहेका तर नसोचिएको विषयलाई समेटेर चलचित्र निर्माण हुनेछ ।”

 
    ‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गर्नुहुनेछ । काठमाडौँ, ललितपुर र भक्तपुरमा छायाङ्कन हुने चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन) ले कथा लेखन, अर्जुन घिमिरे र विशाल घिमिरेले पटकथा लेखन तथा बुद्ध थापाले छायाङ्कन गर्नुहुनेछ ।