🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेप्से निरन्तर घट्दो आजपनि ३१.५० अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसुचक ३१.५० अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ । 

नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९२२.६३ बिन्दुमा झरेको छ । बुधबार नेप्से २९५४.१४ बिन्दुमा रोकिएको थियो ।

यस दिन कुल ३१८ स्टकको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.०७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.३६ अंकले घटेको छ ।

यसदिन पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ९४.८० रुपैयाँले बढेर १०४३.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य ७१.६१ रुपैयाँले बढेर ७८८.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कर्पोरेट विकास बैंकको शेयर मूल्य २०२.३३ रुपैयाँले बढेर २२३०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य पनि प्रतिकित्ता १२३.७२ रुपैयाँले बढेर १३७१.३४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन भुगोल इनर्जी विकास कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कमपनीको शेयर मूल्य ७.१० प्रतिशतले घटेर ७९३.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माइखोला हाइड्रो पवारको शेयर मूल्य ५.७० प्रतिशतले घटेर ८९१.२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सुपर सोलु हाइड्रो शेयर मूल्य प्रतिकित्ता ४.९४ प्रतिशतले घटेर ४९५.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।