🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकामा बाढीको संकट : जलवायु परिवर्तनको गम्भीर संकेत

साक्रामेन्टो, अमेरिका, ११ साउन (रासस/सिन्ह्वा) : सन् २०२५ को गर्मीयाम अमेरिकाको लागि विशेष रूपमा चुनौतीपूर्ण देखिएको छ । देशभर विनाशकारी बाढीहरूका श्रृंखलाले न केवल आपतकालीन सेवाहरूलाई दवावमा पारेका छन्, तर वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित खतराको गम्भीर संकेतका रूपमा पनि व्याख्या गरेका छन् ।

अमेरिकी मौसम विभागका अनुसार, यो वर्ष जुलाईसम्म मात्र तीन हजार ६०० भन्दा बढी आकस्मिक बाढी चेतावनी जारी गरिसकिएको छ । यो संख्या वार्षिक औसत (चार हजार) नजिक पुगिसकेको छ र अझ वर्षा जारी रहेमा यसलाई पार गर्न सक्ने अनुमान गरिएको छ ।

सबैभन्दा ठूलो असर टेक्सास राज्यमा परेको देखिएको छ । जुलाई ४ मा आएको बाढीले ग्वाडालूपे नदी उपत्यकामा गम्भीर क्षति पु¥यायो । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, राज्यभर कम्तीमा १३५ जनाको निधन भएको छ । तीमध्ये धेरैजसो कर काउन्टीमा रहेका थिए, जहाँ १०७ जनाले ज्यान गुमाएका छन् । 

करभिल नजिकको नदीमा ४५ मिनेटको छोटो अवधिमा ११.३ मिटरभन्दा बढी पानीको सतह बढेको मापन गरिएको थियो । यसले उद्धारकार्यलाई थप जटिल बनाएको जनाइएको छ । वैज्ञानिकहरूको विश्लेषण अनुसार, यस वर्ष समुद्रको सतहको तापक्रम अत्यधिक बढ्दा वायुमण्डलमा जलवाष्पको मात्रा धेरै पुगेको छ, जसले गर्दा वर्षा तीव्र भएको हो । 

जलवायु परिवर्तनका कारण भविष्यमा यस्ता घटना अझ गम्भीर र नियमित हुने सम्भावनातर्फ वैज्ञानिक सचेत गराइरहेका छन् । उनीहरूले बाढीको जोखिम न्यूनीकरणका लागि हरियाली पूर्वाधार, संशोधित भवन मापदण्ड र अद्यावधिक गरिएको बाढी नक्साको आवश्यकता औंल्याएका छन् । —