🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शक्ति पृथकीकरण नहुँदा लोकतन्त्र अप्ठ्यारोमा पर्न सक्छ : डा कोइराला

काठमाडौँ, ११ साउनः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले  कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा शक्ति सन्तुलन भएमा मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउनुभएको छ ।

कर्मयोगी बन्द्रीविक्रम थापा स्मृति गुठीद्वारा पूर्वप्रशासक थापाको  १०३औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेता डा कोइरालाले राज्यका प्रमुख अङबीचमा शक्ति सन्तुलन प्रजातन्त्रमाथि नै चुनौती उत्पन्न हुन सक्ने धारणा राख्नुभयो ।

नेता डा कोइरालाले भन्नुभयो, “मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा विशिष्ट योगदान पु¥याएका व्यक्तिको प्रतिनिधित्व रहेको संवैधानिक परिषद्लगायतका निकायबाट हुने निर्णय निष्पक्ष र तटस्थ हुनुपर्छ, राज्यका निकायमा रहने व्यक्तित्वले आफ्ना व्यक्तिको छनोट होइन, राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।”

पूर्ववडाहाकिम थापा असहज परिस्थितिमा पनि शान्त र  शालीन प्रशासकका रुपमा आफूलाई स्थापित गराउनुभएको बताउँदै नेता डा कोइरालाले अहिले मुलुकको प्रशासनमा दलीयकरण हावी भएकाले श्रद्धाभाव जगाउने खालका प्रशासक पाउन मुश्किल रहेको विचार प्रकट गर्नुभयो ।

श्रम तथा रोजगारमन्त्री  शरत्सिंह भण्डारीले मुलुकमा लोकतन्त्र स्थापना र समाजसेवाका लागि ठूलो त्याग तथा तपस्या रहेकै कारण पूर्वप्रशासक थापा मृत्युपर्यन्त पनि सबैले स्मरण गरिरहने पात्रका रुपमा रहनुभएको बताउनुभयो ।

वरिष्ठ राजनीतिज्ञ सिपी गजुरेलले मुलुकमा निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि भएका आन्दोलन तथा सङ्घर्षमा योगदान पु¥याउने व्यक्तिको इतिहास उजागर गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

गुठीका अध्यक्ष प्रा डा सुरेशराज शर्माको अध्यक्षतामा भएको उक्त जन्मजयन्ती कार्यक्रममा साहित्यकार हरिमञ्जुश्री, कार्यक्रममा ‘बद्री विक्रम राष्ट्र गौरव’ र ‘सेवा पुरस्कार नेपाल’ बाट पुरस्कृत  संस्कृतिविद् तेजेश्वरबाबु ग्वङग र समाजसेवी तथा चित्रकलाकार उर्मिला गर्गले विधागत विशिष्ठता र पूर्वसभामुख दमनाथ ढुङ्गानाको व्यक्तित्वबारे जानकारी गराउनुभयो ।  

यसअघि प्रा डा सुरेशराज चालिसे, संस्थाका कोषाध्यक्ष किरण थापा, आध्यात्मिक व्यक्तित्व चिन्तामणि योगीले कर्मयोगी थापा र पूर्वसभामुख दमननाथ ढुङ्गानाबाट नेपालमा लोकतन्त्र स्थापनाका लागि भएको योगदानको चर्चा गर्दै गुठीले समाज सेवामा पु¥याउँदै आएको योगदानबारे जानकारी दिनुभयो ।
–––