🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुम्लामा ग्यास चुलो बाल्ने क्रममा आगलागी

मुगु । जुम्ला जिल्लाको पातारासी गाउँपालिका ६ मा आज बिहान ग्यास चुलो बाल्ने क्रममा आगलागीमा भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान अन्दाजी करिब ६ः३० बजे रणु महतारा को तिन तल्य कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासी आगो सल्किएको थियो ।

आगलागीले घरको दोस्रो र तेस्रो तलामा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी पोस्ट उर्थुचौताराले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

घटनाको जानकारी बिहान ८ः३० बजे टेलिफोन मार्फत इलाका प्रहरी पोस्ट उर्थुचौतारामा प्राप्त भएको थियो। सोही सूचनाको आधारमा प्रहरी हवल्दार मनोजराज गिरीको कमान्डमा तीन जना प्रहरी टोली खटिएको थियो ।

उक्त घर प्रहरी चौकीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्ने स्थानमा अवस्थित रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार आगो हाल पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।

स्थानीयवासीका अनुसार कच्ची घरमा टिनको छाना भएकाले आगोले तीव्र गतिमा फैलिएको थियो। आगलागीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ ।