🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा दुईविरुद्ध अभियोगपत्र दायर

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय बुटवलले अजय वेंगल स्टोर्सका सञ्चालक अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरेको छ । 

बुटवलस्थित अजय वेंगल स्टोर्सका सञ्चालक अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरी संयुक्त मिलेमतोमा वास्तविक कारोबारको बिजक जारी नगरी मालवस्तु विक्री गरेको, भन्सार चोरी पैठारी गरेको मालवस्तु बिक्री गरी मूअक, भन्सार र आयकर छली गरेको अभियोगमा अग्रहरीद्वयविरुद्ध राजस्व अनुसन्धान कार्यालय बुटवलले अभियोगपत्र दायर गरेको हो । 

राजस्व अनुसनधान कार्यालय बुटवलले भन्सार चोरी पैठारी तर्फको अधिक मौज्दातको बिगो ९५ लाख ८३ हजार ७५५, मू. अ. कर तर्फको न्यून मौज्दातको बिगो ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फको बिगो २ करोड ८७ लाख ५२ हजार १४७ गरी जम्मा ४ करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बराबरको बिगोको शतप्रतिशत जरिवाना र हदैसम्मको सजाय मागदाबी गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोग पत्र दायर गरको छ ।