• आइतबार-श्रावण-४-२०८२

पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृ त्यु

 

इटहरी (सुनसरी), ४ साउन : इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको मृत्यु भएको हो । 

 

मृत्यु हुनेमा इटहरी–३ कल्याण चोकका आठ वर्षीय दीपसन चौधरी र सङ्खुवासभा चौनपुर घर भई हाल इटहरी–२ आफन्तकामा बस्ने ११ वर्षीय क्रिवास लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार खोलामा डुबेका दुवै जनालाई तत्काल उद्धार गरेर उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल पु¥याइएको थियो ।

 

अस्पताल पु¥याएको केहीबेरमै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका भण्डारीले जानकारी दिनुभयो । 
---

 

 

प्रतिकृया दिनुहोस