बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फुलेका रङ्गीबिरङ्गी वनफूलका कारण ढोरपाटनको छुट्टै रौनकता थपिएको छ ।
ढोरपाटनको फाँट र पाखा अनेक थरिका बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा समेत उत्तिकै पर्यटक आएको पाइएको छ । बर्खामा ढोरपाटन पुग्ने मुख्य कारण भनेको सयौँ थरिका रङ्गीबिरङ्गी फूल रहेको छ ।
तस्बिरहरु ः
नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अन्तर्गगत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा घोडासफारीमा रमाउँदै आन्तरिक पर्यटक । ढोरपाटन उपत्यका अहिले रङ्गीचङ्गी फूलले सजिएपछि पर्यटकको घुइँचो लागेको छ । तस्बिर : खेमराज गौतम/ रासस
नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र अन्तरगत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा चर्दे गरेका घोडा । यतिबेला रङ्गीचङ्गी फुलेका फूलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । तस्बिर : खेमराज गौतम/रासस
नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा फुलेको रङ्गीबिरङ्गी फूलमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : खेमराज गौतम/रासस

प्रतिकृया दिनुहोस