• आइतबार-श्रावण-४-२०८२

रोकिराखेको गाडीको टेको हटाउने क्रममा दुर्घटना, २१ वर्षीय युवाको गयो ज्या न

 

देउखुरी (दाङ), ४ साउन : देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ ।

 

लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

 

आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए । तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –––

 

 

प्रतिकृया दिनुहोस