🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय समाचार समिति ५८औँ वार्षिकोत्सव मनाउदै

काठमाडौँ, ७ फागुन । मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ ।

विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुन भने उनको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुन । 

स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्य, तथ्य समाचार सङ्कलन एवम् वितरणको काम गर्दै आएको राससले हाल मुलुकको सङ्घीय संरचनानुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । प्रदेश नं ३ र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा यसका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय छन् । 

फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेसको स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसालेका थिए । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, अडियो, तस्वीरलगायत सेवा प्रदान गर्दै आएको छ । हाल राससमा १६१ स्थायी दरबन्दी र १५२ स्थानीय समाचारदाता कार्यरत छन् । रासस