🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

लागूऔषध एम्पुल र ट्याब्लेटसहित दुई जना पक्राउ

रौतहट । दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विशेष सूचनाका आधारमा गौर नगरपालिका वडा नम्बर १ मा रहेको शुभम होटल अगाडि चेकजाँच गर्दा लागूऔषध एम्पुल नौं सय वटा र ट्याब्लेट तीन हजार पिससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा राजदेबी नगरपालिका वडा नम्बर ८ का २३ बर्षका नितेश कुमार पाण्डेय र सोही स्थानका ३२ बर्षको पिन्टु कुमार यादव रहेको रौतहट प्रहरीले जानकारी दिएको छ । 

उनीहरुको साथबाट नाइट्राभेट १८०० ट्याब्लेट, नेट्जिकेयर ९०० ट्याब्लेट , सानो पत्तामा रहेको नेट्जिकेयर ३०० ट्याब्लेट, डाइजापाम ३०० एम्पुल, फेनेरागन ३०० एम्पुल र बुपरेनोफिन इन्जेक्सन ३०० एम्पुलसहित पक्राउ गरिएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक रायले बताए । 

उनीहरुको साथबाट भारतीय नम्बरको बिआर ०५ यु ५८६० मोटरसाइकल र दुई थान मोबाईल बरामद गरिएको उनले जानकारी दिए । मोटरसाइकलमा कालो प्लास्टिक झोलामा लुकाइछिपाई राखिएको अवस्थामा  लागुऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई लागूऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।