🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालमा पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

 

चितवन, २९ असार : मौरी विकास कार्यक्रम भण्डाराले पहिलो पटक कृत्रिम गर्भाधानबाट मौरीको रानु उत्पादन गरेको छ । एआई (आर्टिफिसियल इनसेमिनेसन) प्रविधिबाट पाँच वटा मौरीको रानु उत्पादन गरिएको हो । कार्यक्रमका प्रमुख सुजन अम्गाईंका अनुसार अमेरीकाको युनिर्भसिटी अफ फ्लोरिडाका मौरी प्रजननविज्ञको प्राविधिक सहयोगपछि रानु उत्पादन गरिएको हो ।

मौरीको नश्ल सुधारका लागि कृत्रिम प्रविधिबाट रानु उत्पादन गरिएको हो । तालिम प्राप्त युवा कृषक एलिस महर्जन र मौरीपालन विकास कार्यक्रमका प्राविधिकहरूको सहकार्यमा रानु मौरी उत्पादन गरिएको अम्गाईंले जानकारी दिनुभयो । कार्यालयको निरन्तरको प्रयासपछि पहिलो पटक रानु उत्पादनमा सफलता प्राप्त गरिएको उहाँले बताउनुभयो ।

मौरीपालन विकास कार्यक्रमले अघिल्लो आर्थिक वर्षमा एउटा रानु मौरी उत्पादन गरे पनि त्यसलाई बचाउन सकेको थिएन । हाल भने उत्पादन गरिएका रानुलाई बचाउन सकिएको कार्यक्रम प्रमुख अम्गाईंले बताउनुभयो ।

नयाँ प्रविधिबाट उत्पादित रानु मौरीले मह उत्पादन बढाउन सहयोग पु¥याउने र त्यसमा रोग प्रतिरोधी क्षमता बढी हुने जनाइएको छ । यसको जीवनचक्र र असरबारे भने अध्ययन गर्न बाँकी छ । कृत्रिम गर्भाधानका लागि मेरीफेरा जातको मौरी प्रयोग गरिएको थियो । —