🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारको एक वर्षे कार्यकाल असफल : लक्ष्मणलाल कर्ण

काठमाण्डाै ५ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन ।

रिपोर्टस क्लबकाे साक्षात्कारमा कर्णले भने,‘केवल भाषण गर्दैमा देश बन्दैन । देश बनाउनको लागि त विकास गर्नुपर्छ । समृद्धि ल्याउनको लागि काम गर्नुपर्छ । अहिले मुलुकको आर्थिक अवस्था डामाडोल छ ।’

कर्णले वर्तमान सरकारको एक वर्षे कार्यकालमा कोही पनि जनता सन्तुष्ट नभएको टिप्पणी गरे । उनले भने,‘यो एक वर्षमा विकास निर्माण, सुशासन, सदाचार र नियुक्ती प्रक्रिया केही पनि राम्रो काम भएको छैन् ।’ राजपाको दृष्टिकोणमा वर्तमान सरकार कतैपनि सफल नभएको उनले जिकिर गरे ।

विदेश नीतिमा पनि सरकार फेल भएको उनको तर्क छ । यद्धपी उनले आफूहरुले संविधान संशोधनको आशमा यो सरकारलाई समर्थन गरेको स्पष्ट पारे । उनले भने,‘तर हामी अहिले संसदमा विपक्षको बेन्चमा बसेका छौं । त्यसैले अब राजपाले कहिले समर्थन फिर्ता लिन्छ भनेर उद्युम मच्याईरहनुपर्दैन् ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई पटक–पटक संविधान संशोधन गर्छु भनेर आश्वासन दिएकोले पनि समर्थन जारी राखेको कर्णले स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीले हामीलाई पटक–पटक आश्वासन दिनुभएको छ, कहिले ७ दिनभित्र अघि बढाउँछु भन्नुभएको छ, कहिले तीन महिना भन्नुहुन्छ, अब पार्टीले यस विषयमा खास गरेर समर्थन जारी राख्ने वा नराख्ने भन्ने विषयमा अब बस्ने बैठकमा ठोस निर्णय गर्छ ।’

फरक प्रसँगमा उनले भ्रष्टाचार निवारण गर्ने निकायका व्यक्ति नै भ्रष्टाचारमा मुछिएको सुनाउँदै यो समस्यालाई गम्भिर रुपमा लिनुपर्ने बताए । उनले भने,‘यस्तो निकायमा नियुक्ती गर्दा हिजो सुनुवाई समिति वा संवैधानिक परिषदमा बसेकाहरुले आफ्नो मान्छे छान्दा आज यस्तो दुर्गती निम्तिएको हो ।’

मुलुकको यस्तो जिम्मेवार निकायका व्यक्ति नै यसरी भ्रष्टाचारमा मुछिएपछि सुशासन छ कि छैन भन्ने कुरा टर्च बालेर खोज्नुपर्ने अवस्था आउने पनि उनको तर्क छ ।

कर्णले भ्रष्टाचार बढ्नुको मुख्य कारण पनि सुनाए । उनले भने,‘कर्मचारीको तलब थोरै छ, सन्तानलाई महँगो स्कुलमा पढाउँछन्, आलिसान महलमा बस्छन् । सबभन्दा धेरै ६० हजार तलब पाउने कर्मचारीले पनि यसरी एक लाख तिरेर बालबच्चा पढाउने अनि आलिशान बंगलामा बसेपछि भ्रष्टाचार भैहाल्छ नि ।’