🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिभिल बैंकले ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं, ५ फागुन : सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । 

बैंकले चुक्ता पूँजी रु ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख २ हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ । कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

आर्थिक वर्ष २०७३/७४ मा लाभांश घोषणा गरेपनि शेयरधनीले हालसम्म पाएका छैनन् । सो आवमा बैंकले वार्षिक साधारणसभा नै नगरेका कारण शेयरधनीले लाभांश पाउन नसकेका हुन् । सो आवमा बैंकले १०.२५ प्रतिशत शेयर लाभांश र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

बैंकले आव २०७२/७३ मा २.८८ प्रतिशत शेयर लाभांश दिएको थियो । तर आव २०७३/७४ मा वार्षिक साधारणसभा समेत गरेको थिएन । 

यस्तै नेपाल स्टक एक्सचेञ्जले आजदेखि घलेम्दी हाइड्रो लिमिटेड कम्पनीको शेयर कारोवार सुरु गरेको छ । स्टकले घलेम्दीलाई शुरुआती चरणमा न्यूनतम प्रतिकित्ता रु १०० देखि अधिकतम रु ३०० सम्मको सीमा दिएको छ । घलेम्दीको कारोवार सुरु भएसँगै स्टकमा सूचीकृत भएका जलविद्युत् कम्पनीको सङ्ख्या २५ पुगेको छ । 

दोस्रो बजारमा कारोवारमा रहेका अधिकांश जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यको आसपासमा नै रहेको छ । त्यसमा पनि दश कम्पनीको शेयर आधारभूत मूल्यभन्दा तल रहेको छ । (रासस)