🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दोस्रो शिखर बैठकको तयारीका निम्ति उत्तर कोरियाली र अमेरिकी अधिकारीहरु हनोईमा

हनोई, ५ फागुन : उत्तर कोरियाका एक जना वरिष्ट अधिकारी उत्तर कोरियाका नेता कीम जोङ–अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति शनिबार भियतनामको हनोई आइपुगेका छन् । दुबै नेताबीच यही फेब्रुअरीको २७ र २८ तारिखमा हनोईमा भेटवार्ता हुँदैछ । 

उत्तर कोरियाका प्रमुख सचिव कीम चाङ–सोनको नेतृत्वमा रहेको उत्तर कोरियाली प्रतिनिधिमण्डलमा एक दर्जन बढी उच्च अधिकारीहरु पनि रहेका छन् । भियतनामी अधिकारीहरुका अनुसार, सचिव कीमले बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग छलफल गरेका छन् । स्रोतका अनुसार उत्तर कोरियाली अधिकारीहरुले प्रोटोकल, सुरक्षा र अन्य व्यवस्थाका बारेमा जानकारी लिनेछन् । 

अमेरिकी राष्ट्रपतिका सहयोगी ड्यानियल वाल्स र अन्य वरिष्ट अधिकारी पनि शुक्रबार नै हनोई आइपुगेका छन् । उनीहरुले पनि बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग परामर्श गरेका छन् ।  दुबै नेताबीचको दोस्रो शिखर बैठकमा पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामाथि छलफल गरी ठोस सहमति हुने अपेक्षा गरिएको छ । सिंगापुरमा गत वर्ष जुनमा भएको वार्तामा पनि आणविक निःशस्त्रीकरण गर्ने सम्झौता भएको थियो, तर त्यसको पूर्ण कार्यान्वयन भएको छैन ।

सिंगापुर सम्मेलनयता उत्तर कोरियाले क्षेप्यास्त्र इन्जिन र आणविक परीक्षण केन्द्र नष्ट गरेको दाबी गरिरहेको छ । तर उक्त कार्यको अन्तर्राष्ट्रिय स्तरबाट स्वतन्त्र पुष्टी नगरिएको भन्दै अमेरिकाले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नसकिने जनाएको छ । (रासस/एजेन्सी)