🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा 

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टकृत संस्था आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कृषिको प्रकृति अन्य व्यवसायभन्दा फरक भएकाले त्यसअनुसारको संस्थागत संरचना हुनुपर्नेमा जोड दिएका हुन् ।

‘यदि कृषिमा लगानी गर्ने हो भने विशिष्टकृत संस्था चाहिन्छ,’उनले भने, ‘यसको उत्पादन चक्र अलग छ, जोखिम व्यवस्थापन फरक छ, प्राविधिक पक्ष पनि अन्य क्षेत्रभन्दा भिन्न हुन्छ ।’

खतिवडाले हालको लघुवित्त प्रणालीले कृषि क्षेत्रमा सन्तोषजनक ढंगले सेवा दिन नसकेको उल्लेख गरे । ‘एक महिनाको चक्रमा ऋण दिएर धानबाट मकै, भूजा त बनाउनुहोला, तर चल्ला पार्ने समय हुँदैन । ब्याज तिर्न सुरु गर्नुपर्छ । अप्ठ्यारो छ त्यो ।’

उनले लघुवित्त संस्थाहरुको स्थायित्व र प्रभावकारिता सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाहरुको सबलता पहिलो शर्त भएको बताए । ‘बैंक तथा वित्तीय संस्था ठीक भए भने मात्र लघुवित्त संस्था र सहकारी पनि ठीक हुन्छन्,’ उनले भने,‘पहिले बैंकमा पैसा जम्मा हुन दिनुपर्छ, त्यसपछि बाँकी समस्या समाधान हुँदै जान्छ ।’

साना किसान विकास लघुवित्तको सन्दर्भमा बोल्दै खतिवडाले संस्थाको तरलता र कारोबारबारे कुनै शंका नगर्न आग्रह गरे । संस्थागत र प्रणालीगत रुपमा साना किसान विकास लघुवित्तमाथि प्रश्न उठाउनु आवश्यक नरहेको उनले स्पष्ट पारे ।