🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र पुग्दैन् : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वका अन्य देशमा नभएको प्राकृतिक सम्पत्ति नेपालमा मात्र भएको बताएका छन् । विदेशी मुलुकले सबैथोक बनाएपनि नेपालको जस्तो प्राकृतिक झरना, नदी वा लुम्बिनी, पशुपति क्षेत्र बनाउन नसक्ने समेत दाबी गरे । 

शनिबार ‘पर्यटनमा बजेट प्रथमिकता, कार्यान्वयन र उपलब्धी’ विषयक कार्यक्रममा बोल्दै उनले विश्वको सबैभन्दा उत्कृष्ट र राम्रो देश भनेको नेपाल हो भनेर चिनाउनुपर्ने बताउँदै उनले संसारको सबैभन्दा लामो केबलकार नेपालमा बनाउने हो भने आर्थिक विकासमा सहयोग पुग्ने समेत दाबी गरे । 

पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र नपुग्ने भएकाले विदेशी सहयोग अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो । सरकारले गरिरहेका काम बारे जनताले मूल्यांकन गरिरहेकाले सजकताका साथ काम गर्नुपर्ने पनि औंल्याए ।