🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘तीज आयो साथी संगी’ भन्दै अमेरिकाबाट गुञ्जिइन् गायिका सुशीला बस्नेत

काठमाडौं । हरितालिका तीजको रौनकले देश–विदेशमा उल्लास फैलाइरहँदा, अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएकी गायिका सुशीला बस्नेत तिमिल्सिनाले आफ्नै स्वरमा सजिएको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक गरेकी छन्। नेपाली संस्कार, मौलिक लय र आधुनिक प्रस्तुतिको संगम रहेको यस गीतले तीजको रङ, उमङ्ग र भावनालाई अझ रंगीन बनाइदिएको छ।

अमेरिकामा भए पनि नेपालीपनको मिठास बोकेर गायन यात्रा अगाडि बढाइरहेकी सुशीलाको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। रावल जनकको शब्द र संगीतमा बनेको गीतमा सन्दीप कार्कीको आकर्षक एरेञ्ज सुन्न सकिन्छ। विष्णु मानन्धरमनोज परियारको मिक्सिङले गीतलाई प्राविधिक रुपमा थप आकर्षक बनाएको छ।

गीतको रेकर्डिङ नेपालमा विक्रम थापा र अमेरिकामा ॐ कर्माचार्यले गरेका हुन्। केशवराज भट्टद्वारा निर्देशित भिडियोमा जुना कार्कीनित्या शर्मा आचार्यले आकर्षक नृत्य प्रस्तुत गरेकी छन्। भिडियोको छायांकन पनि नेपाल र अमेरिका दुवै स्थानमा गरिएको छ, जसले गीतमा दुई भौगोलिक सांस्कृतिक पृष्ठभूमिलाई एकै फ्रेममा उतारेको छ।

‘तीज आयो साथी संगी’ गीतमा तीजको मौलिक रौनक, दिदीबहिनीबीचको मिलन, नाचगान र धर्म–आस्थाको भाव देखिन्छ। गीतले परदेशमा बसे पनि नेपालीपन नछोड्ने अनि नेपाली चाडपर्वलाई मन, माया र संगीतमार्फत जिउँदो राख्ने सुशीलाको प्रयास दर्शाउँछ।

यसअघि ‘राधा कृष्ण’, ‘तिम्रो मायाको’, ‘मेरी माँ’ जस्ता भावुक तथा भक्ति रसका गीतमार्फत दर्शकस्रोतामाझ पहिचान बनाइसकेकी गायिका सुशीलाको नयाँ तीज गीतले पनि युट्युब तथा सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

यस तीज, आफ्ना साथी संगीसँगै नाच्न मन छ भने, ‘तीज आयो साथी संगी’ सुन्न नबिर्सनुहोस् – मेलोडी, मौलिकता र माया मिसिएको गीतले तपाईंको तीजको उमङ्ग अझ बढाउनेछ!