🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुख्यात मन्त्रीले हाँसकाे खाेरमा सम्पादक थुनेकाे त्याे क्षणकाे आज एकाएक स्मरण !

२०४१ साल कात्तिक २१ गते  साँघु साप्ताहिकले भण्डाफाेर गरेर देशलुट्ने षडयन्त्र चकनाचुर  पारी देशलाई  भ्रष्टहरूबाट बचाएकाे मुद्दा आजभाेलि(४२ वर्षपछि) पनि मिडियामा खाेजीनीति, लेखन र  चर्चाकाे विषय बन्दा औधि खुसी लागेकाे  छ।

याे समाचार साँघु साप्ताहिकमा प्रकाशित भएपछि  पञ्चायतकालका कुख्यात मन्त्री शेरे धनुषा( हेम बहादुर मल्ल)का मानिसले बाटाेबाट अपहरण गरेर पुल्चाेकस्थित मन्त्री क्वाटर पुर्याएर पेस्ताेल देखाएर सुट गर्दिन्छु भन्दै  मन्त्री मल्लकाे निवासभित्र पालेकाे हाँसकाे खाेरमा घण्टाैसम्म थुनेका थिए । प्रधानमन्त्री लाेकेन्द्र बहादुर चन्द थिए । 

मल्ल पछि भ्रष्टाचार काण्डमा जेल परेर  अनि कैदी जीवन बिताइरहँदा वीर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । म अस्पताल पुगेर स्वास्थ्यलाभकाे कामना गर्दै, मैले साँघुमा सत्य समाचार लेखेकाे थिएँ,  म निर्दाेषलाई हाँसकाे खाेरमा  थुनेका थियाैं अहिले पाप करायाे, तिमी भ्रष्ट थियाै भनेर फर्किएकाे थिएँ । 

पञ्चायतकालका कुख्यात मन्त्री शेरे धनुषा( हेम बहादुर मल्ल)ले धनुषामा आफ्नाे शक्तिकाे दुरूपयाेग गर्दै आफू र आफ्नी कान्छी श्रीमती शारदा मल्ललाई समेत माननीयमा चुनाव जिताएर पञ्चायतका अन्य कार्यकर्तालाई हेरेको हेर्यै बनाउने गदर्थे । पञ्चायत  र राजतन्त्र समाप्त हुनुमा  शेरे धनुषा( हेम बहादुर मल्ल)हरूकाे ठूलाे देन छ । 

– गाेपाल बुढाथाेकी, प्रकाशक एवं संस्थापक सम्पादक