🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नन्दु राउतकाे ह त्या: श्रीमती, छाेरासहित उमेश जैसवाल पक्षका ५ जना प क्रा उ

बारा, असार ४ – पुरानो व्यक्तिगत रिसइवीका कारण एक व्यक्तिको हत्या भएको बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ बघवन टोलमा मरणासन्न हुनेगरी कुटपिटमा परेका ५० वर्षीय नन्दु राउत कुर्मीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको अभियोगमा हालसम्म ५ जना पक्राउ परेका छन् भने अन्य फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार, २०८२ जेठ २९ गते साँझ करिब ६:१५ बजे नन्दु राउतलाई उनकै टोलमा बसोबास गर्ने ४० वर्षीय उमेश जैसवालसहित ६ जनाको समूहले कुटपिट गरेका थिए। गम्भीर घाइते भएका राउतलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर चिकित्सकले उनलाई साँझ ७:२० बजे मृत घोषणा गरे।

तत्कालै प क्रा उ, अनुसन्धान अघि बढ्दै

घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोली तत्काल घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको थियो। सो क्रममा सोही दिन अभियुक्तमध्ये एक २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, कलवारलाई जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ। सोही अनुसन्धानको सिलसिलामा प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा खटिएको विशेष टोलीले असार ४ गते थप तीन फरार अभियुक्तहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

फरार अभियुक्तहरू लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ

पक्राउ परेकाहरूमा मुख्य अभियुक्त उमेश जैसवालकी ३८ वर्षीया श्रीमती रन्जु जैसवाल, उनका २० वर्षीय छोरा सुमित जैसवाल र १८ वर्षीय छोरा सुजित कुमार जैसवाल रहेका छन्।

तीमध्ये रन्जु जैसवाललाई कलैया–५ स्थित सागर लामिछानेको घरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

त्यसैगरी सुमित र सुजितलाई जिल्ला पर्साको वीरगंज महानगरपालिका–१ शान्तिटोलस्थित बसिर मियाँको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि बारा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गराई ज्यानसम्बन्धी कसूरमा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

बाँकी अभियुक्तहरू अझै फरार

प्रहरीका अनुसार घटनामा संलग्न अझै एक जना पुरुष फरार रहेका छन्। उनीहरूलाई खोजी गर्न विशेष टोली परिचालन गरिएको र चाँडै पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

स्थानीय त्रसित, सुरक्षा अवस्था थप सुदृढ

घटनापछि स्थानीयवासीहरू त्रसित बनेका छन्। सामूहिक रूपमै कुटपिट गरी हत्या गरिएको घटनाले समाजमा अपराधको भयावह अवस्थालाई उजागर गरेको भन्दै स्थानीयवासीहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

यस घटनाले सामुदायिक सुरक्षाप्रति समेत गम्भीर प्रश्न उठाएको भन्दै प्रहरीले अब स्थानीयस्तरमा थप गस्ती र निगरानी बढाउने बताएको छ।