धनुषा, २ फागुन : जनकपुर उपमहानगरपालिका १२ स्थित सडकमा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ज १ त ७३११ नम्बरको ट्याक्टरले ज ११ प २०७७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा धनौजी गाउँपालिका ५ गोर्दाह बस्ने ४० वर्षीय समिन मोमिन गम्भीर घाइते भएका थिए । घाइते मोमिनलाई उपचारको लागि जनकपुर अंचल अस्पताल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



