🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कँडेल फ्रुट्स सेवा विस्तारमा, ५० आउटलेट सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । अढाइ वर्ष यता फलफुल व्यवसाय गर्दै आएको कँडेल फ्रुट्सले नयाँ कम्पनी फलफ्रुट्स ब्राण्डमा मुलुकभर ५० वटा आउटलेट विस्तार गर्ने भएको छ । 

सोल्टीमोड चोकस्थित फलफ्रुट्सको पहिलो आउटलेट सञ्चालनमा ल्याएको समूहले आउँदो पाँच वर्षमा मुलुकभर आउटलेट संख्या ५० वटा पुर्याउने व्यावसायिक योजना बनाएको सञ्चालक अग्नि कँडेलले बताए । 
सन् १९९९मा उनले सोह्रखुट्टेस्थित हालको फलफुलचोकबाट आफ्नो व्यवसाय सुरु गरेका हुन् । 

‘दैनिक खानपिनमा फलफुलको भूमिका विशेष रहँदै आएको छ । ताजा र स्वास्थ्यकर फलफुल उपभोक्ताको घर घरमा पुर्याउने उद्देश्यले फलफ्रुट्समार्फत औपचारिक सेवा सुरु गरेका हौँ,’सञ्चालक कँडेलले भने,’फलफुल कृषक र उपभोक्तासँग नजिक रहि कृषि र पर्यटनलाई जोड्नु मुख्य उद्देश्य हो ।’

उनका अनुसार १० लाख रुपैयाँमै विस्तार गर्न सकिने एउटा आउटलेटमा ५ जनशक्तिले रोजगार पाउन सक्नेछन् । आउटलेट सञ्चालनमा इच्छुकका लागि कम्पनी आफैंले व्यवस्थापन गरिदिने योजना रहेको उनले जानकारी दिए । 

निकट भविष्यमा कम्पनीले आफ्नो सेवा उपभोक्ताको घरघरमै पुर्याउनका लागि इ–कमर्स प्लाटफर्म प्रयोगमा ल्याउने उनले बताए । 

उनले भने,‘हामी अहिलेको औपचारिक यात्रालाई ट्रायलका रुपमा लिएका छौँ । निकट भविष्यमा फ्रुट्स क्याफेको अवधारणासहितको आउटलेट पनि सञ्चालनमा ल्याउने योजना बनाएका छौँ । स्वदेशमा बस्दा केही नहुने निराशजनक भाव हटाउने अभियानले यो सुरुवात गरेका हौँ ।’

आउटलेटमा नेपालमै उत्पादन हुँदै आएको सिजनल फलफुललाई विशेष प्राथमिकतामा राखि उपभोक्तामाझ उपलब्ध गराउने उनले जानकारी दिए । यसका लागि मुलुकका विभिन्न क्षेत्रमा रहेका समुदायसँगको सहकार्यका लागि गृहकार्य सुरु भएको उनले बताए।