🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चितुवाको छालासहित २ जना पक्राउ

बाँके, १ फागुन : प्रदेश नम्बर ५ प्रहरी कार्यालयको अनुसन्धान टोलीले २ मिटर चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । 

उनीहरुलाई बाँके जिल्ला उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कस्थित शर्मा गण्डकी होटल अगाडिबाट विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा रोल्पा जिल्ला लिवाङ नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४४ का चन्द्र बहादुर घर्ति र रोल्पाकै सुनिल स्मृति गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ४० का आईती विष्ट रहेका छन् । 

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाइएको प्रहरी नायव उपरीक्षक टिका बहादुर कार्कीले बताए ।