• शनिबार-असार-७-२०८२

खड्काको पहलमा नयाँ समीकरण बन्दै ?

उपसभापति पूर्णबहादुर खड्का

 

काठमाडौं । कांग्रेस  र रास्वपाका नेताहरुवीच पछिल्ला दिनमा कुराकानी बाक्लो हुन थालेको छ । नेताहरुवीच कुराकानी बाक्लो हुन थालेपछि सत्तारुढ दलभित्र आशंका पनि बढ्न थालेको छ । रास्वपाले भैरहवा कारागारबाट सभापति रवि लामिछानेलाई डिल्लीबजार कारागारमा सार्न खोजेको थियो । सभापति लामिछानेकै सल्लाहमा रास्वपा नेताहरुले उक्त पहल गरेका थिए । 


त्यसमा गृहमन्त्री रमेश लेखकले ग्रीन सिग्नल नदिएसम्म लामिछानेको सरुवा हुने संभावना छैन । एक साताभन्दा बढी समय भइसक्दा पनि लामिछानेको जेल सरुवा भएको छैन । विगतमा कांग्रेस र रास्वपावीच पानी बाराबारको अवस्था रहेको थियो । त्यसले गर्दा लामिछानेको जेल सरुवामा पनि समस्या भइरहेको अनुमान छ । तर, पछिल्ला दिनमा भने रास्वपा र कांग्रेस नेताहरुवीच  संवाद हुन थालेको खबर छ ।  


 उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अघिल्लो साता रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरुसँग छलफल गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानमा रहेको रास्वपालाई ‘कूल’ गराउने रणनीतिमा कांग्रेस रहेको छ  । त्यही रणनीति अनुसार भेट गरेको अनुमान छ । 


  पछिल्ला  दिनमा भने कांग्रेसको भावी सभापतिको रुपमा हेरिएका उपसभापति खड्काको  सक्रियता निकै बढेको छ । रास्वपासहित माओवादी नेताहरुसँग पनि  भेटघाट गरिरहेका छन् । यसले गर्दा अर्कै खेल हुन खोजेको हो कि भन्ने अनुमान पनि भइरहेको छ । लामिछानेलाई काठमाडौं सरुवा गर्ने अनि रास्वपा लेखकको राजीनामाबाट ब्याक हुने हो कि भन्ने संभावनाबारे पनि अनुमान गरिएको छ । 


 यो अनुमानको विषयमा अहिलेसम्म प्रष्ट केही भइसकेको छैन । तरपनि कांग्रेसभित्र अहिलेको गठबन्धनको विकल्पमा पनि जान सकिने संकेतहरु हुन थालेपछि  नै खड्का भेटघाटमा सक्रिय भएको र रास्वपालाई मनाउन लागेको पनि विश्लेषण भइरहेको छ । खड्का माओवादी नेताहरुसँग पनि भेटेका छन् भने माधव नेपाल पनि संवादमै रहेका छन् ।


 माधव नेपालको भ्रष्टाचारको मुद्दाका सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले आश्चार्यप्रकट गरेका छन् । सभापति देउवाले सार्वजनिक रुपमा नै यसो भनेका छन् । देउवाकै कोटाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त रहेका जयबहादुर चन्दले नेपाललाई भ्रष्टाचार मुद्दा लगाउने विषयको निर्णयमा हस्ताक्षर नगर्नुले पनि आशंका भने जन्माएको चर्चा भइरहेको छ ।

 

देउवा अहिले दोस्रो गेममा हुनसक्ने आशंका भने भइरहेको छ । खड्का सक्रियतालाई लिएर त्यो भनिएपनि लेखकको मुद्दा तानिदा आफूसम्म आइपुग्न सक्ने डरले  काम गरेको पनि आशंका भइरहेको छ । लेखकले एक्लो हिम्मत र प्रयासमा भिजिट भिसाको प्रकरणलाई संरक्षण गरिएको होइन भन्ने चर्चा  भइरहेको छ । त्यहीकारण यो घटना बढ्न नदिनका लागि पनि देउवाले आफ्नो टीम परिचालन गरेको हुन सक्ने अनुमान पनि भइरहेको छ । खड्कासँग भेट भएपछि रास्वपाका नेताहरु विगतमा जस्तो कांग्रेससँग आक्रमक देखिएका छैनन् । (साँघु साप्ताहिक, २०८२ जेठ २६)
 

प्रतिकृया दिनुहोस