🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौँ, २६ जेठ : काठमाडौँस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण जेठ २५ गते सम्पन्न भएको छ ।

    प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासङ्घ, ‘कर्पोरेट हाउस’हरु र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने टोलीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

    नेपालका लागि भारतीय राजदूत, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव, दक्षिण एसिया महाशाखाको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो । एक हप्ताको उत्साहजनक र मैत्रीपूर्ण प्रतिस्पर्धापछि जेठ २५ गते  एक रोमाञ्चक फाइनल म्याचसँगै प्रतियोगिता सम्पन्न भएको हो । 

    सो खेलमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग प्रतिस्पर्धा ग¥यो । फाइनलपछि ट्रफी वितरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, नेपालको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा खेलमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई सम्मान गरियो ।

    साँझपख प्रतियोगिताको सफलताको उत्सव मनाउन रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राजदूत, क्यानका अध्यक्ष र नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीका सम्मानित सदस्यहरुको उपस्थिति थियो । सौहार्दता र खेलकुद भावनालाई सुदृढ पार्दै सहभागी छवटै टोलीका सदस्यहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

    राजदूतले तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेटरहरुलाई क्रिकेट किटहरु हस्तान्तरण गर्नुभयो । सोही अवसरमा भारतीय राजदूतावास, काठमाडौँले ‘नेपाली युवाहरुका लागि राजदूत क्रिकेट फेलोशिप’ को घोषणा गर्नुभएको छ । 

    जसअन्तर्गत नेपालबाट दुई जना युवा क्रिकेटरहरुलाई भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको कोचिङ प्राप्त गर्ने अवसर प्रदान गरिनेछ ।