🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुवै मिर्गौला काम नलाग्ने भएपछि घडेरी बेचेर मिर्गौला रोगको उपचार

भद्रपुर, १ फागुन (रासस) : गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताए। 

दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताए  । 

झापाको मेचीनगर नगरपालिका–१२ धाइजनमा डेरा बस्दै उपचारमा धाउँदै गर्नुभएको उहाँका दुवै मिर्गौला काम नलाग्ने भएको विर्तामोडको बीएण्डसी हस्पिटलमा जचाएपछि नौ महिनाअघि पत्ता लागेको थियो । 

त्यसपछि उनलाई चिकित्सकले अस्पतालमा भर्ना भएर डाइलासिस गर्न सुझाव दिए । सरकारले डाइलासिस निःशुल्क गराउने घोषणा गरेतापनि सरकारी सुविधाको पालो नपाएर उनले सात महिनासम्म पुरै खर्च व्यहोरेर डाइलासिस गराउनुप¥यो । 

झापामा ओमसाई पाथिभरा हस्पिटल, विर्तामोडको पूर्ण टुङ्ग बिर्तासिटी र मेची अञ्चल अस्पतालमा मात्र निःशुल्क डाइलासिसको सुविधा छ । तर बिरामीको चाप असाध्यै बढेका कारण पालो नपाएर श्रेष्ठले पूरै शुल्क तिरेर डाइलासिस गराउनुपरेको हो । श्रेष्ठले सातामा तीन पटक डाइलासिस गर्नुपर्ने चिकित्सकहरुको सुझाव भए पनि हाल आर्थिक कठिनाइका कारण दुई पटक मात्र डाइलासिस गराइरहेका छन्  । 

गरीबीका कारण १८ वर्षकै उमेरमा पहाड घर छाडेर तराई झर्नुभएको उनले मलेशियामा चार वर्ष ग्लोब कारखानामा रोजगारी गरेको बताए  । “कारखानामा काम गर्दा तातो केमिकलको वाफ सहनुपर्दथ्र्यो”, उनी  भञ्छन् , “अहिले चिकित्सकहरुको कुरा सुन्दा त्यही तातो केमिकलको बाफले मेरो दुवै मिर्गौला कुहिएको रहेछ ।” 

मलेशियाबाट लामो घर बिदा बसेर फेरि उतै जाने तयारी गर्दा श्रेष्ठलाई आँतमा ज्वरो आएको थियो । ज्वरो जचाउँदा दुवै मिर्गौला खराब भएको पत्ता लागेको हो । 

“जग्गा बेचेको रु १० लाख ७५ हजार पनि उपचारमा खर्च भइसक्यो”, उनले अब उपचार खर्चको अभाव भएको बताउँदै भने, “चिकित्सकले तुरुन्त डाइलासिस गर्नु भन्नुभएको छ, अब कहाँबाट पैसा जुटाउने !” 

उनकी पत्नी रेशकुमारी श्रेष्ठ र ४ वर्षको छोरा अभिषेक डेरामा छन् । डेरा भाडा मासिक रु तीन हजार ५०० लाग्ने गरेको छ । “उपचारको समस्या छँदैछ, अब त अहिले खाए भरे के खाने भन्ने समस्या नै भइसक्यो”, रेशकुमारी भन्छिन्  । 

रेशकुमारी बिहान बेलुकाको हातमुख जोर्ने जोहो गर्नका लागि एक महिनादेखि ज्याला मजदुरी काममा लागेकी छिन। 

रेशकुमारीले पतिलाई मिर्गौला प्रत्यारोपणका लागि आफ्नो एउटा मिर्गौला दान गर्ने बताइन्  । तर प्रत्यारोपणका लागि करीब रु १५ लाख खर्च लाग्ने बताइएको छ ।

स्थानीयवासीले उनको मिर्गौला प्रत्यारोपणका लागि खगेन्द्र आचार्य अध्यक्ष र विकास नेम्वाङ उपाध्यक्ष रहेको सहयोग समिति गठन गरेका छन् । उपाध्यक्ष नेम्वाङका अनुसार अब चन्दा उठाएर लोकनाथको जीवन बचाउन अभियान चलाउने निधो गरिएको छ ।
–––