🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सुत्केरी आमाहरुलाई तीन हजार भत्ता

भरतपुर, १ फागुन (रासस) : नवलपुरको गैँडाकोट नगरपालिकाले छ महिनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो ।

‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहनस्वरुप रु तीन हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए  । 

नगरपालिकाभित्रका बर्थिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण गरेका र सुत्केरी भएका आमालाई मात्र भत्ता उपलब्ध गराएको आचार्यले बताए  । नगरपालिकाभित्र गैँडाकोट र पितौजीमा दुई मात्र बर्थिङ सेन्टर सञ्चालनमा छन् । रतनपुर र अमरापुरीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी छ । 

भरतपुरका सुविधासम्पन्न अस्पताल नजिकै भएका कारण अधिकांश महिला सुत्केरीका लागि भरतपुर जाने गरेका छन् । तर नगरपालिकाको सुत्केरी भत्ता कार्यक्रमबाट निम्नवर्गीय र ग्रामीण इलाकाका नागरिक लाभान्वित भएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले बताए  । कार्यक्रम सञ्चालनपछि नियमित स्वास्थ्य जाँच गराउने बढेको उनको भनाइ छ । 

यस कार्यक्रमले घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गराउने र महिलाको पोषण अवस्था सुधारमा समेत सहयोग पुगेको नगरप्रमुख पौडेलले बताए । 
–––