🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तनहुमा दुई चितुवा मृत फेला 

तनहु २९ माघ । एक महीनाको अवधिमा तनहुँको भानु नगरपालिकामा दुई चितुवा मृत फेला परेका छन् । भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा पुसयता दुई चितुवा मृत फेला परेका हुन् ।

भानु नगरपालिका–५ चुँदीरम्घास्थित भानुभक्त शिखेरी कटेरी नजिक सोमबार भाले चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । 

चितुवाको घाँटीमा नङ्ग्राले चिथोरेको भेटिएको छ । मृत चितुवाको छाला निकालेर टिकौली सशस्त्र वनरक्षक तालीम केन्द्रमा पठाइने उहाँले बताउनुभयो । यसअघि पुस २९ गते भानु नगरपालिका–२ मा भाले चितुवा मृत फेला परेको थियो । रासस

: फाइल फोटो