🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जापानसहित बिभिन्न देश पठाइदिन्छु भन्दै लाखौंको रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि बिभिन्न देश पठाइदिने बहानामा लाखौंको रकम ठग्ने तीन जना पक्राउ परेका छन् ।

सल्यान कपुरकोट गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ बस्दै आएका २३ वर्षीय टोपेन्द्र रानामगर पक्राउ परेका हुन् । उनलाई टोखाबाटै मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रानामगरले जापान पठाइदिने बहानामा दुई जनाबाट ४२ लाख ३० हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । रकम लिएर सम्पर्कविहीन भएपछि उनीविरूद्ध दुई जनाले प्रहरीमा उजुरी दिएका थिए । रानामगरलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यस्तै, न्यूजील्याण्ड पठाइदिन्छु भन्दै एक जनाबाट साढे ९ ख ठगी गरेको आरोपमा बनेपा नगरपालिका-२ का ४० वर्षीय शिवराम घिमिरे र पोल्याण्ड पठाउने बहानामा दुई जनाबाट ४ लाख २० हजार रुपैयाँ ठगी गर्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-५ का ३९ वर्षीय ङिमा शेर्पासमेत पक्राउ परेका छन् ।