🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृ त्यु

रौतहट । सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङकी चोकमा शनिबार टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

मोटरसाइकल चालक मलंगवा नगरपालिका–१०, का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार बागमतीबाट हरिवनतर्फ बालुवा लोड गरेर आउँदै गरेको ना.७ ख ६३९१ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको बा. ६६ प ८४६० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना गम्भीर घाइते अवस्थामा रहेका  मिकरानीलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज लैजाँदै गर्दा मृत्यु भएको हरिवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार मलंगवा नगरपालिका–१०, कै २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते भएका छन् । सुमितको एल एस न्यूरो अस्पतालमा उपचार भैइ रहेको छ ।मोटरसाइकललाई ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ ।