🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धुञ्चेमा ६ वर्षपछि हिमपात

रसुवा, २६ माघ :  तीन दिनदेखिको निरन्तर वर्षासँगै आज धुञ्चे क्षेत्रमा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गुम्बुडाँडाभन्दा माथिल्लो भेगअन्तर्गत सदरमुकाम धुञ्चेलगायत रसुवाको अधिकांश भागमा गए रातिदेखि हिमपात परेका कारण निकै चिसो भएको छ । 

यही माघ ८ गतेबाट पानी पर्न शुरू भएको र पटकपटकको वर्षासँगै परेको हिमपात यतिखेर समुद्री सतहदेखि १ हजार ६ सय मिटरको भू–भागमा पुगेको बताइएको छ । ज्येष्ठ नागरिकलाई चिसोले बढी असर पुर्याएको छ भने युवा हिउँ खेल्न जुटेका छन् । धुञ्चेमा भने ६ वर्षपछि हिमपात भएको समाजले जनाएको छ । उत्तरी रसुवा गत्लाङबाट प्राप्त जानकारीअनुसार गत्लाङ क्षेत्रमा १ मिटरभन्दा बढी हिमपात भएको छ । 

हिमपातले मानिस घर बाहिर निस्कने अवस्था नभएको र २ सय भन्दा बढी चौपायाको चरण क्षेत्र हिउँले छोपेपछि घाँसको सङ्कट पर्दै गएको गत्लाङका स्थानीयवासी मार लामाले बताए । हिमपातको समयमा पशु आहारा सञ्चय गर्न कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकद्वारा विगतमा पाएको सीपले सुकाइ राखेका घाँस पनि सकिँदै गएको पशुपालक किसानले बताएका छन् । (रासस)