भक्तपुर, २६ माघ : भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । घरबाट हराएको दोस्रो दिनमा उनको शव भेटिएको हो ।
भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिए ।
हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको बतायो । (रासस)




