🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’बी\’ डिभिजन लिगमा १२ क्लब प्रतिस्पर्धा गर्दै

काठमाडौं, २५ माघ : १२ क्लब सहभागी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । 

प्रतियोगितामा 'झम्सिखेल युवा क्लब', 'आरसिटी', 'श्रीकुमारी क्लब', 'सातदोबाटो युथ क्लब', 'नयाँबस्ती युवा क्लब', ' ब्वाइज युनियन', 'टुसाल', 'पुल्चोक', 'मध्यपुर युथ एशोसिएशन', 'खुमलटार युवा क्लब' र 'श्री भगवती क्लब' ले प्रतिस्पर्धा गर्नेछन् । आजको उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लब भिड्नेछन् ।

प्रतियोगिताको विजेताले रु ८ लाख पाउनेछ भने उपविजेताले रु ५ लाख प्राप्त गर्नेछ । त्यस्तै  तेस्रो हुनेले रु ३ लाख र चौथो हुने टोलीले रु २ लाख पाउनेछ । उक्त प्रतियोगिता लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।