🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखबिच भेटवार्ता

सुर्खेत २४ माघ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटवार्ता गरेका छन । अपरान्ह साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि सिफारिश पत्र हस्तान्तरण गरेका हुन।

बुधवार सम्पन्न मन्त्रिपरिषद वैठकले प्रदेश सभाको हिउदे अधिवेशन फागुन १५ गते दिउसो १ वजे आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

भेटवार्ताका क्रममा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री शाहीसंग प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि भएको ढिलाई वारे चासो राखेका थिए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभाको अघिल्लो अधिवेशन नै ढिलो गरि अन्त भएको र सरकारको तर्फवाट संसदलाई दिनुपर्ने विजनेश तयारीको गृहकार्य गर्न केही समय आवश्यक भएको जानकारी गराएकाे छ । यसैगरि भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारका कामकारवाहीका वारेमा पनि प्रदेश प्रमुख खनाललाई जानकारी गराएका थिए ।