🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\”कहीँ कतै हराएँ…\” गीत सार्वजनिक, प्रेमिल कथासँग भावुक भिडियो

काठमाडौं – गीतकार प्रमोद भट्टराई ‘प्रतीक’का शब्द, गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर र संगीतमा तयार भएको नयाँ गीत “कहीँ कतै हराएँ भने” सार्वजनिक भएको छ। गीतकार संघ नेपालको आयोजनामा एक विशेष समारोहबीच गीतको भिडियो लोकार्पण गरिएको हो।

भिडियोमा गायिका बबिना भट्टराई आफैं नायिकाको भूमिकामा प्रस्तुत भएकी छिन् भने यशराज नायकका रुपमा देखिएका छन्।

जीवन शाहीको परिकल्पना तथा निर्देशनमा बनेको यस भिडियोमा एकतर्फी प्रेमको कथालाई कोमल ढंगले प्रस्तुत गरिएको छ।

गीतको कथा अनुसार नायक र नायिका नजिकका साथी हुन्छन्, तर नायकको प्रेम प्रस्तावलाई नायिकाले अस्वीकार गर्दा उ निराश भएर हराउँछ। अन्ततः नायिकाले संगीतमार्फत आफूलाई स्थापित गरेकी हुन्छिन् र नायकले उनको सफलतालाई टाढैबाट हेरेर खुसी व्यक्त गर्छन्। भिडियोले अन्त्यमा केही प्रश्नहरू खुला छाडेको छ – के उनीहरू फेरि भेटिने छन्? के प्रेमले नयाँ मोड लिनेछ?

गीतकार भट्टराईका अनुसार दर्शकको उत्साहजनक प्रतिक्रियाले “कहीँ कतै हराएँ भने” को दोस्रो भाग आउने सम्भावना रहेको छ।

कार्यक्रममा वरिष्ठ गीतकार चुडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, सन्तोष श्रेष्ठलगायत स्रष्टाहरूको उपस्थिति रहेको थियो। सबैले गीतको भाव, संगीत र अभिनयको प्रशंसा गर्दै यसले दर्शकको मन छोएको बताए।

गीतको एरेन्ज वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् भने मिक्सिङ/मास्टरिङ प्रकाश खरेलको रहेको छ। समग्र संयोजन मेला रेकर्डिङ स्टुडियो, पुतलीसडकले गरेको हो।

गायिका बबिना भट्टराईका भजन र व्यवसायिक गीतहरु ‘श्री भजन्स्’ र ‘बबिना भट्टराई’ युट्युव च्यानल मार्फत निरन्तर सार्वजनिक भइरहेका छन्।