🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बेलायतले आयरल्याण्डसँगको सीमामा कडाई गर्ने

लन्डन, २३ माघ : बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू) बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छिन् ।  

प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्ण रुपमा हटाउन आफूले पहल गर्ने बताइन् । भन्सार कार्यालय र सवारी जाँच चौकी पुनः राख्न लागिएको भन्ने सम्बन्धमा प्रकाश पार्दै प्रधानमन्त्री मेले बेलायत सरकार इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा नभएको बताइन् । 
 

उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहेकी प्रधानमन्त्री मेले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधानहरु राखिन्न, तर सीमा व्यवस्था नयाँ ढङ्गबाट गर्नुपर्ने धारणा राखेकी हुन् । उनले सन् १९९८ मा सम्पन्न सुखद शुक्रबार (गुड फ्राइडे) सम्झौताप्रति बेलायत सरकारको पूर्ण समर्थन रहेकोमा पनि जोड दिइन् । उक्त सम्झौताकै कारण उत्तरी आयरल्यान्डमा १ दशकभन्दा बढी चलेको हिंसात्मक घटना साम्य भएको थियो । 

बेलायतले आगामी मार्च २९ मा इयू छाड्दैछ, तर बहिर्गमन सम्झौता बेलायती संसदबाट स्वीकृत भएको छैन । बेलायती संसदले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो । 

आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसदमा अझै मतैक्य हुन सकेको छैन । यही सीमा विवादका कारण दशकौंसम्म हिंसात्मक घटनाहरु भएका थिए, जसका कारण ३ हजार ७ सय भन्दा बढीको ज्यान गएको थियो । 

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला सीमानाका कारण मानिस र वस्तुको निर्वाध आवतजावत हुने गरेको छ । तर धेरैजसो ब्रेक्जिट पक्षधर बेलायती सांसदहरु केही निश्चित समयसम्म यो सीमा खुला गर्दा इयूका नियमहरुले बेलायतमाथि समस्या निम्त्याउने बताएका छन् । उनीहरु ब्रेक्जिट सम्झौता हुनुअघि आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा बन्द गर्नैपर्नेमा जोड दिन्छन् । तर, युरोपेली नेताहरु प्रधानमन्त्री मेले इयूसँग गरेको सहमतिमा पुनर्विचार गर्न नसकिने बताउँछन् । 

तैपनि, प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर र अरु युरोपेली नेताहरुसँग ब्रसेल्समा बिहीबार भेट गर्दैछिन् । उनले युरोपेली नेताहरुसँग छलफल गरी संशोधित प्रस्ताव अर्को साता बेलायती संसदमा प्रस्तुत गर्नेछिन् । (रासस/एजेन्सी)