वि.सं. २०३५ मा एक साहित्यिक मासिकका रूपमा यात्रा शुरू गरेको साँघु पत्रिका वि.सं. २०३९ सालदेखि साप्ताहिक समाचारपत्रको रूपमा जनताका बीच आइपुगेको हो । सत्य लेखेकै कारण जेल, यातना र अपहरणसम्मका पीडा भोग्नु परे पनि देश र जनताका लागि समर्पित कलम नथाक्ने, नझुक्ने र नरोकिने हाम्रो संकल्प निरन्तर रह्यो ।
वास्तविक लोकतन्त्र निर्माणका लागि कलमको शक्ति कमजोर नहोस्, आवाज हराओस् वा दबियोस् भन्ने चाहँदैनौं । साँघु सँधैं जनताकै पक्षमा उभिन्छ–निस्वार्थ, निर्भीक र निष्पक्ष ।
वि.सं. २०४१ मा पञ्चायती शासनद्वारा पत्रिकाको दर्ता खारेज गरिंदा वा वि.सं. २०५८ मा लोकतन्त्रका आवरणमा शाही सेनाले रातारात अपहरण गर्दा पनि हामी विचलित भएनौं । जनताको पक्षमा, जनताकै आवाज बनेर हरेक परिस्थितिमा खबरदारी गर्दै हामी अघि बढ्यौं ।
४२ वर्षको निरन्तर प्रकाशन केवल एक संस्थाको इतिहास होइन–यो सत्यका पक्षमा, विचार, स्वतन्त्रताका पक्षमा र व्यवस्थाको जबाफदेहिताका पक्षमा लडिएको एउटा संघर्षको दस्तावेज हो । आज पनि जब सत्ताका संरचनाहरू प्रश्नविहीन हुन खोज्छन्, त्यही बेला साँघु जस्ता पत्रिकाको जिम्मेवारी झनै बढ्छ ।
पत्रकारिताको पवित्र धर्मलाई आत्मसात् गर्दै, असल शासन, विधिको पालना र जनसरोकारका मुद्दामा कलम चलाउने हाम्रो प्रयास पा“चौं दशकमा अगाडि बढिसकेको छ । यो यात्रामा साथ दिने सम्पूर्ण पाठक, लेखक, सुभेच्छुकप्रति हामी आभारी छौं ।
वास्तविक लोकतन्त्र निर्माणका लागि कलमको शक्ति कमजोर नहोस्, आवाज हराओस् वा दबियोस् भन्ने चाहँदैनौं । साँघु सँधैं जनताकै पक्षमा उभिन्छ–निस्वार्थ, निर्भीक र निष्पक्ष । नव वर्ष २०८२ को सुखद अवसरमा हाम्रा प्रिय पाठक, विज्ञापनदाता, विक्रेता, सहयाेगी, शुभचिन्तक सबैमा हार्दिक शुभ कामना ।
प्रतिकृया दिनुहोस