🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोहलीले बने एक सय अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान

काठमाडौं, १ बैशाख । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् । उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो ।

कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने उनी एसियाकै पहिलो ब्याट्सम्यानसमेत बनेका छन् ।

उनी यस्तो उपलब्धि हासिल गर्ने एशियाकै पहिलो ब्याट्सम्यान बनेका छन् । कोहलीभन्दा पहिले अहिलेसम्म कुनै पनि एसियाली खेलाडीले यस्तो उपलब्धि हासिल गर्न सकेका थिएनन् । उनले आफ्नो टी–२० करियरको सयौं अर्धशतक बनाएर इतिहास रचे पछि उनका फ्यान खुसी भएका छन् ।

कोहलीले आईपीएल २०२५ को आफ्नो दोस्रो अर्धशतक राजस्थानविरुद्ध १४.३ ओभरमा बनाएका थिए । यसअघि केकेआरविरुद्धको खेलमा किंग कोहलीले अविजित अर्धशतक बनाएका थिए । यसपछि राजस्थान रोयल्सविरुद्ध कोहलीको ब्याट गर्ज्यो, यस खेलमा उनले ४५ बलमा ६२ रनको उत्कृष्ट अविजित इनिङ खेलेका थिए । 

यस क्रममा कोहलीले ४ चौकासहित २ छक्का प्रहार गरे । कोहलीले १३७.७८ को स्ट्राइक रेटमा ब्याटिङ गरेका हुन् ।

टी-२० मा सबैभन्दा बढी अर्धशतक बनाउने खेलाडीमध्ये डेभिड वार्नरको नाम पहिलो नम्बरमा छन् । उनले हालसम्म १०८ अर्धशतक बनाएका छन् । यसका साथै अब विराट कोहलीले १०० अर्धशतक बनाएर दोस्रो स्थानमा आफ्नो झण्डा फहराएका छन् । तेस्रो स्थानमा ९० अर्धशतक बनाएका बाबर आजम छन् । चौथो नाम जोस बटलरको हो। उनको नाममा ८६ अर्धशतकको रेकर्ड छ ।