🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

म्यानमारमा भूकम्पपीडितको उपचारमा खटिएको सेनाको टोली स्वदेश फिर्ता 

काठमाडौँ, चैत्र २९ – मित्र राष्ट्र म्यानमारमा गएको विनाशकारी भूकम्पपछि पीडितहरूको स्वास्थ्य उपचारमा सहयोग गर्न नेपाली सेनाको १६ सदस्यीय चिकित्सकीय टोली म्यानमार पठाइएको थियो। नेपाली सेनाको हवाई साधनमार्फत चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको टोलीमा १२ जना स्वास्थ्यकर्मी र ४ जना बन्दोबस्ती सहायता टिमका सदस्यहरू थिए।

नेपाल सरकारको निर्णयअनुसार खटिएको उक्त टोलीमा शल्यक्रिया विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरू समावेश थिए। टोलीले म्यानमारको म्याण्डले क्षेत्रस्थित यामथिन शहरमा स्वास्थ्य शिविर सञ्चालन गर्दै घाइते र बिरामीहरूको उपचारमा उल्लेखनीय भूमिका निर्वाह गर्‍यो।

उक्त शिविरमार्फत टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाडजोर्नीसम्बन्धी उपचार तथा ९६५ जनालाई ओ.पि.डि. सेवा प्रदान गरेको नेपाली सेनाले जनाएको छ।

मानवीय सहानुभूति र अन्तर्राष्ट्रिय मित्रताको सन्देश बोकेको नेपाली सेनाको यो पहलले नेपाल र म्यानमारबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। विपत् को घडीमा नेपाली सेनाले देखाएको तत्परता र सेवा भावनाले अन्तर्राष्ट्रिय क्षेत्रमै सकारात्मक सन्देश प्रवाह गरेको छ।