🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

धुलिखेल, २० चैत : काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो । एउटा आँखाले अलिअलि मात्रै देखेको र अर्को आँखाले नजिकै पनि केही नदेख्ने अवस्था रहेकामा मङ्गलबार बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखा देख्न थालेको उहाँले बताउनुभयो ।

थिङलाई गाउँमा नै संस्थाको आयोजनामा सञ्चालन गरेको आँखा शिविरबाट परीक्षण गर्ने मौका पाएपछि त्यहीबाट शल्यक्रिय गर्नका लागि बनेपासम्म आउने व्यवस्था गरिएको थियो । “अब दुवै आँखाले देख्न सकिनेमा ढुक्क छु”, उहाँले खुसी हुँदै भन्नुभयो । 

खानीखोला–२ फलामेटारका ७२ वर्षीय चन्द्रमान गोलेले शल्यक्रिया पछि आँखा देख्न थाल्नुभएको छ । यसअघि दुवै आँखाले प्रस्ष्ट देख्न नसक्ने उहाँले कहिँकतै पनि आँखाको उपचार गराउनुभएको थिएन । गाउँमा नै सञ्चानल भएको आँखा शिविरबाट परीक्षणपछि निःशुल्क उपचार सेवा पाएको उहाँले बताउनुभयो । गोलेको दुवै आँखाको शल्यक्रिय गरिएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका शिवलाल घिसिङ मधुरो देख्ने, चिलाउने, दुख्नेजस्ता समस्या भोगिरहेको बेला शिविरमा गएपछि उहाँको आँखाको शल्यक्रिया गरिएको छ । तालढुङ्गामा सञ्चालन भएको शिविर नजिकै परेका कारण छिमेकी जिल्लाका नागरिक पनि सेवा लिन आएका थिए ।

खानीखोला–५ का नानीमाया ब्लोन, बिबीमाया गोले र लालमाया सिङ्तानको पनि सोही शिविरमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हाल उहाँहरु अस्पतालमा नै आराम गरिरहनुभएको छ । उपचारका लागि सुविधायुक्त अस्पतालसम्म पुग्न टाढा जानुपर्ने, खर्च धान्न मुश्किल र समयमा नै उपचार नपाइने समस्या थियो । गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि यहाँका नागरिकले सहजै सेवा पाएका छन् । गाउँको दुई ठाउँमा सञ्चालन गरिएको  शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

आयोजक संस्था परिवर्तनशील समाज नेपालका अध्यक्ष क्षेत्रबहादुर वाइबाले भौगोलिक रुपमा विकट रहेको ठाउँमा शिविर आयोजना गरेर आँखाको निःशुल्क  शल्यक्रिय गरिएको बताउनुभयो । खानीखोलाको आर्थिक सहयोग तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त आँखा शिविरमा करिब तीन सयभन्दा बढीले सेवा पाएका थिए ।
–––