🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीला कर्णालीमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुमा सोमबार भएको स्ववियु निर्वाचनमा कालीकोटको तीला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी भएका छन् । 

सिंहले ७२ मत प्राप्त गरी विजयी हूँदा उनका प्रतिस्पर्धी अनेरास्ववियु र नेविसंघको गठबन्धनबाट उम्मेदवार बनेकी दिपा शाहीले ५३ मत प्राप्त गरेकी छन् । सचिवमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनका खगेन्द्र पाण्डेले ७१ मत ल्याएर विजयी भएका छन् भने साझा प्यानलका उम्मेदवार उमेश शाहीले ५७ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष साझा प्यानलकी मिना शाहीले ६३ मत लिएर विजयी भइन् भने गठबन्धनकी दुर्गा शाहीले ६२ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार शर्मिला शाहीले ३ मत मात्र प्राप्त गरेकी छन् । १ सय ४५ मतदाता रहेको उक्त क्याम्पसमा सोमबार भएको निर्वाचनमा १ सय ३३ जनाले मतदान गरेका थिए ।