पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–१ स्थित रामपुरवा सीमा ईलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरीले करिब ८ लाख ६ हजार रुपैयाँ बराबरको मोवाईलसँग सम्बन्धित विभिन्न सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ईयरबड २ सय ९७ थान, मोवाईलका टेयम्पर ग्लाँस २ हजार थान र २ हजार थान ईयरफोन बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको छ ।



