🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुलमानलाई हटाएपछि काठमाडौंमा सरकारको बिरोधमा दिनभर प्रदर्शन

काठमाडौं । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ । नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन । 

र, नेकपा माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाइ हटाएकोमा बिरोध गरिरहेका छन् । साे क्रममा उर्जामन्त्री दिपक खड्काकाे पुत्लादहनसमेत गरिएकाे छ । 

हिजो बसेको मन्त्री परिषद बैठकले घिसिङलाई पदमुक्त गरेर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो, जसको अहिले सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतले बिरोध गरिसकेका छन् ।

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका प्रवक्त ज्ञानेन्द्रबहादुर शाहीलगायतले पनि घिसिङलाइ हटाएकोमा आपत्ति जनाएका थिए ।