🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्तर्राष्ट्रिय थियटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

काठमाडौं, ७ चैत । नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सवको उद्घाटन सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा अभिनेता दयाहाङ राई, नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नारदमणि हार्तङछाली, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी निशा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साथै चलचित्रकर्मीहरू हरिहर शर्मा, दीपकराज गिरी, प्रकाश सपुत, अशेष मल्ल, नविन सुब्बा, मिलन चाम्स, बुद्धिराम तामाङ,  लगायत सयभन्दा बढी रंगकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो ।  

चैत्र ६ देखि १२ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा १२ देशका १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चीय कविता वाचन, ३ रैथाने संगीत प्रस्तुति, ३ सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष चित्रकला तथा प्रदर्शन कला समेटिनेछ ।

यस महोत्सवमा चलचित्र विकास बोर्डले पनि सहकार्य गरेको छ ।